RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
५९८ पटक

नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेका छन् । उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना र चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै संक्रमितको सख्या ३० पुगेको छ । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १२ जना नै पुरुष रहेको उनिहरु क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका छन् ।

उनिहरुको दोहो¥याएर परीक्षण गर्दा पनि पोजेटिभ भेटिएको छ । १२ जना नै भारतीय रहेको बताइएको छ । उनिहरु नयाँ दिल्लीको जमातीमा सहभागी भएर नेपाल आएको स्रोतको दावी छ । भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनिहरुले भने सप्तरीमा भएको भेलामा सहभागी हुन आफुहरु आएको बयान दिएका छन् । तर, स्थानीयले भने उनिहरु केही दिनपहिला मात्र सो मस्जिदमा आएर बसेको जानकारी दिएका छन् । उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो ।

उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएको थियो । काठमाडौंमा पनि नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मस्जिदमै रहेका उनिहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको छ ।

यस्तै चितवनको राप्ती नगरपालिका–८ का आमा छोरामा पनि संक्रमण भेटिएको छ । २७ वर्षिय पुरुष र उनकी ६३ बर्षिया आमा चैत्र ३ गते लण्डनबाट नेपाल आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैको यात्राको रुट पत्ता लगाउने काम शुरु भईसकेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्