काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्रालयले प्रहरीलाई यात्रृहरुलाई सुरक्षित ठाउँमा पठाउन निर्देशन दिएको छ ।
राजधानी काठमाडौमा लकडाउनका कारण खान र बस्न समस्या भएपछि सयदेखि हजार किलोमिटरसम्म नागरिकहरु पैदल यात्रा निस्केका छन् ।
सडक यात्रामा रहेका मजदुरहरु भोकै रहेको र लामो यात्रा पैदल तय गरेको समाचारहरु आउन थालेपछि सरकारको विरोध शुरु भएको थियो । सरकारको चर्काे विरोध भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्च स्तरीय समितिको बैठक बसेको थियो ।
यस्तै उनीहरुलाई उपलब्ध गाडीमा मिलाएर राखी पठाउने व्यवस्था मिलाउन पनि भनिएको थियो । सोही अनुसार गृह मन्त्रालयले प्रहरी प्रशानलाई बाटोमा पैदल हिँडेकाहरुलाई सहयोग गर्न निर्देशन दिएको हो ।
गृहको निर्देशन अनुसार पैदल यात्रीलाई गाडी आफै रोकेर चठाउन भनेपछि प्रहरी जवानहरु समूहमा हिँडेका यात्रीलाई रोकेर ट्रक तथा लरीमा चढाइरहेका छन् ।