RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
७६७ पटक

शनिवार बिहान भुटानबाट आएको ड्रुक एयरको चार्टर विमानले २ भुटानी नागरिकलाई स्वदेश फिर्ता लगेको छ । लकडाउनका कारण काठमाडौंमा रहेका एक नायिका र एक पाइलटलाई काठमाडौंबाट उद्धार गरी भुटानले स्वदेश फिर्ता लगेको हो ।

एटीआर ४२–६०० विमान २ जनामात्रै भुटानी नागरिक लिनका लागि पारो विमानस्तथलबाट काठमाडौं आएको थियो । ४ सदस्यीय चालक दलसहित उडान नम्बर केबी–४०० मा आएको सो विमान विमान ७ बजेर ५३ मिनेटमा काठमाडौं अवतरण गरेको थियो ।

अवतरण गरेको १ घण्टापछि २ जना यात्रु लिएर केबी–४०१ बाट काठमाडौंबाट भुटानको पारो विमानस्थलको लागि उडेको थियो । यात्रुमा १ हिमालयन एयरका क्याप्टेन सोनाम तोग्वे र नायिका उगेन छोतेन र चालक दलका ४ सदस्य रहेका थिए । ५ हजार १ सय ४६ अमेरिकी डलरमा २ यात्रुले सो चार्टर उडान गरेको नायिक छोदेनले बताइन् ।

काठमाडौंको टिबेट होटलमा २८ दिन विताएकी छोदेनले एक्लै बस्दा होमसिक भएको तथा लकडाउन कहिले खुल्ने भन्ने निक्र्योल नभएकाले चार्टर फ्लाइटमार्फत स्वदेश फर्किनुपरेको बताइन् । सार्क सचिवालय र भुटानको परराष्ट्र मन्त्रालयलाई इमेल गर्दै उद्धारको लागि अनुरोध गरेपछि उनी कुटनीतिक प्रक्रिया पूरा गरी स्वदेश फर्किएकी हुन् ।

उद्धारको लागि आफूले गरेको पहल कदमीको वृतान्त सुनाउँदै उनले भनिन्, “मैले अनुरोध गरेको तीन दिनपछि भुटानको पराष्ट्र मन्त्रालय उद्धारको लागि तयार भयो र काठमाडौंमा अन्य भुटानी नागरिकको पनि खोजी गर्दा हिमालय एयरलायन्सका पाइलट सोना तोग्बे रहेको थाहा भयो । मेरो बुवाले ड्र्ुक एयरकोे खातामा रकम भुक्तानी गरेपछि चार्टर उडानको लागि सम्बन्धित निकायमा अनुमति दियो र उडान अनुमति पाएको र चार्टर उडानको खर्च हामी दुवै जनाले तिरिन् ।” www.karobardaily.com

प्रतिकृया दिनुहोस्