RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१० गते
१११७ पटक

उखु किसानको रकम भुक्तानी नगर्ने दुई उद्योगका सञ्चालको बैक खाता रोक्का हुने भएको छ । तोकिएको समयभित्र रकम भुक्तानी नगर्ने ती चिनी उद्योगको कारोबार रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले तोकिएको समयसीमा भित्र उखुको रकम भुक्तानी नगर्ने अन्नपूर्ण सुगर एण्ड जनरल उद्योग र लुम्बिनी चिनी उद्योगको खाता रोक्का गरिएकोे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको जानकारी दिए ।

ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको उनको भनाई छ । उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए ।

मन्त्रालयका अनुसार ५ वटा उद्योगले कृषकको सबै भुक्तानी गरिसकेको छ । जसमा हिमालयन सुगर मिल्स् प्रालि, इन्दुशंकर चिनी उद्योग प्रालि इष्टर्न सुगर मिल्स्, रिलायान्स सुगर एण्ड केइ प्रालि र भागेश्वर सुगर प्रालि रहेका छन् ।

मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले तिरेको छ । यो मिलले माघ ५ गतेसम्म कृषकको ११ करोड ५० लाख भुक्तानी गरेका छन् । यो उद्योगले २१ करोड ४० लाख तिर्न बाँकी रहेको छ । यस्तै अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्