RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/८ गते
६५४ पटक

डोल्पा : हिमाली जिल्ला डोल्पाका स्थानीय तह विद्यार्थी झिकाउने तयारीमा जुटेका छन्।

अध्ययन र काम विशेषले जिल्लाबाहिर गएकालाई स्थानीय तह गृहजिल्ला फर्काउन जुटेका हुन्।  लकडाउन अझै थपिँदा समस्या पर्ने डरले पनि घर फर्कन चाहने डोल्पालीलाई फर्काउन लागिको स्थानीय तहहरुले बताएका छन्।

अहिले डोल्पाका स्थानीय तहले विभिन्न माध्यमबाट घर फर्कन चाहने व्यक्तिहरुको लगत संकलन गरिरहेका छन्। जिल्लाको ठूलीभेरी नगरपालिकाको विपद् व्यवस्थापन समितिले निर्णय नै गरेर तीन सदस्यीय उद्धार समिति गठन गरेको छ।

सामाजिक सञ्जालमा विद्यार्थी फर्काउने सूचना जारी गर्दै फर्कन चाहने विद्यार्थीलगायत जुनसुकै नागरिहरुलाई सम्पर्क गर्न भनिएको छ।अफ्ठयारामा परेकाहरुलाई एक दुई दिनभित्रै फर्काउने तयारी थालिएको ठूलीभेरी ९ का वडाध्यक्ष निर्मलकुमार भण्डारीले जानकारी दिए। जि

ल्लाबाहिरबाट भित्रने सबैका लागि खाने बस्ने, स्वास्थ्य जाँचको व्यवस्था गरिसकेको उनले बताए। साथै क्‍वारेन्टाइन बस्दा आवश्यक पर्ने लत्ताकपडामा भने सम्बन्धित व्यक्तिले नै ल्याउनुपर्नेछ। सम्बन्धित ठाउँबाट नगरपालिकासम्म पुग्न आवश्यक खर्च भने ठूलीभेरी नगरपालिकाले नै बेहोर्ने छ।

त्यसैगरि त्रिपुरासुन्दरी नगरपालिकाले भने पनि जिल्ला बाहिर रहेका विद्यार्थी फर्काउने वा उतै व्यवस्थापन गर्ने निर्णय भइनसकेको बताएको छ।

जिल्लाका मुड्केचुला, जगदुल्ला गाउँपालिकालगायत स्थानीय तहले पनि जिल्ला बाहिरकालाई फर्काउने तयारी थालिएको जनाएका छन्।

तर प्रशासन भन्छ :

जानकारी नै छैन जिल्ला प्रशासन कार्यालय डोल्पाले भने विद्यार्थी फर्काउने विषयमा आफूहरुलाई कुनै पनि जानकारी नभएको बताएको छ। हामीलाई लकडाउन पूर्ण पालना गराउनू,

जो जहाँ छन् त्यहीँ सुरक्षित बस्ने व्यवस्था मिलाउनू भन्ने गृहको आदेश छ, सोहीअनुसार काम गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले भने। विद्यार्थी फर्काउने विषयमा जिल्लाका स्थानीय तह र केन्द्रबाट कुनै पनि जानकारी नआएको प्रजिअ सुनारले बताए।
thahakhabar.com

प्रतिकृया दिनुहोस्