RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/९ गते
८४८ पटक

बारा । लकडाउनमा गरिव असाहयहरुलाई राहत बाँडन सरकारले निर्णय गरेसँगै मेयरले आफु मताहतका वडाध्यक्षलाई कुहिएको दाल वितरण गर्न लगाएको आरोपम पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका छन् ।

कलैया उपमहानगरपालिकाका वडा नम्वर १ का हरिओम सोनार, वडा नम्वर ७ का सफुल्लाह असारी, वडा ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी र २६ का महेश साह लगायत प्रहरी नियन्त्रणमा रहेका छन ।
कलैया उपमहानगरपालिका वडा नम्वर २० का वडा सचिव खेदु मिया, यादव कोल्ड स्टोरका मुन्सि कृष्ण यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजनाराण शर्मालाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गत चैत्र २९ गते कलैया उपमहानगरपालिका वडा नम्वर ७ स्थित यादव कोल्ड स्टोरमा पहिलो पटक अनुगमन गर्दा गोदाममा रहेको ९ हजार ५ सय केजी रहरको दाल शिलबन्दी गरी नमुना संकलन गरी परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएको थियो ।

 

प्रतिकृया दिनुहोस्