RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
५८६ पटक

लकडाउनपछि नेपालबाट बाहिरिने पर्यटकको संख्या ४ हजार ५ सय २२ पुगेको छ । सरकारले चैत ११ गतेबाट लकडान गरेपछि नेपालमा रहेका पर्यटकलाई सम्बन्धित देशका दूतावास र कुटनीतिक नियोगको समन्वयमा ४५ सय बढी पर्यटकलाई स्वदेश फिर्ता गरिएको अध्यागमन विभागले जनाएको छ ।

नेपालमा रहेका पर्यटकलाई चैत १४ देखि १६ भन्दा बढी देशका नागरिकलाई करिब २६ बढी चार्टर उडानमार्फत स्वदेश फिर्ता गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार लकडाउनको समयमा सबैभन्दा बढी चार्टर उडान भर्नेमा कतार एयरवेज रहेको छ । कतारले झन्डै १ दर्जन दर्जन चार्टर उडानमार्फत विभिन्न मुलुकका पर्यटकको उद्धार गररे सम्बन्धित देश पु¥याएको थियो । चैत १४ गते कतार एयरवेजले पहिलो चार्टर उडान भरेको थियो भने कतार एयरवेजको चार्टर उडान मार्फत जर्मन सरकारले ३ सय ७ नागरिकको उद्धार गरेर स्वदेश फिर्ता लगेको थियो ।

लकडाउनको समयमा स्वदेश फिर्ता हुनेमा जर्मन नागरिक सबैभन्दा बढी रहेको छन् । जर्मनीले १२०३ नागरिकलाई स्वदेश फिर्ता लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले बताए । यस्तै, दोस्रोमा बेलायतले आफ्ना नागरिक स्वदेश लिएर गएको थियो । बेलायतले कुल ७ सय ३३ नागरिकलाई टाइटन एयरको ३ चार्टर उडानमार्फत स्वदेश लिएर काठमाडौंबाट लन्डन फिर्ता लगेको थियो ।

त्यसैगरी फ्रान्सका ६०८, अष्टे«लियाका ६०५, अमेरिकी २५७, नेदरल्यान्डका १२४, क्यानडाका २०७, ब्राजिलका ३४, मलेसियाका ६६, चेकरिपब्लिकक –१०२, बंगलादेशका १३, माल्दिभ्स्का १८ नागरिकले पनि विपद्का बेला आफ्ना नागरिकलाई सम्बन्धित देशका दूतावास तथा सरकारसँगको सहकार्यमा स्वदेश फिर्ता लगेका हुन् । त्यस्तै भुटानले समेत आफना २ नागरिक फिर्ता लगेको छ भने रुसले शनिबार तथा सोमबार गरेर ११० नागरि स्वदेश लिएर गएको छ । तर, नेपाल सरकारले भने आफना नागरिकलाई ल्याउने कि नल्याउने भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्