RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
८२३ पटक

काठमाडौं भक्तपुरमा र ललितपुरमा अलपत्र तथा बिरामी जुम्लाका नागरिकहरुको उद्दार गरिएको छ
मजदुरी गर्न उपचार गर्न र पढ्न काठमाडौं, भक्तपुर ललितपुर पुगेका उनीहरु कोरोना भाइरसका कारण नेपाल लाम्रो समय लकडाउनका कारण अलपत्र परेका थिए ।

जुम्ली सेवा समाज काठमाण्डौ र जुम्लाका पत्रकार नरेश भण्डारीको पहलमा तिस जना जुम्लाका नागरिकहरुको उद्दार गरी गाडी रिजर्भ गरेर सुर्खेत तिर पठाइएको जुम्ली सेवा समाज काठमाण्डौले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्ला जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई जानकारी गराएर काठमाण्डौ देखि सुर्खेतसम्म सिधै बस जाने व्यवस्था गरिएको जुम्ला सेवा समाजले जानकारी दिएको छ । घर जान पाईने भएपछि बिरामी बिध्याथी तथा मजदुरहरु खुशी भएका छन्।

 

प्रतिकृया दिनुहोस्