RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
५२० पटक

काठमाडौं । पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाका शीर्ष नेताबीच केही मतभेद भइरहेका बेला दुई अध्यक्षले सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

सवै सांसदहरुलाई एकै पटक बोलाउँदा भीडभाड हुने भएपछि दुई अध्यक्षले प्रतिनिधिसभा र राष्टियसभाका सांसदहरुलाई छुट्टा छुट्टै बालुवाटार बोलाएका छन् । प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छुट्टा छुट्टै बोलाएको छ ।

तल भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस्