RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
५६९ पटक

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ८ वैशाखमा जारी गरेका दुई वटा अध्यादेश र पछिल्लो राजनीतिक घटनाक्रमबारे सत्तारुढ नेकपाका सांसदहरूलाई ब्रिफिङ गर्न लाग्नु भएको हो ।

यसअघि अध्यक्षद्वय हिजो सुदूरपश्चिम प्रदेश, बागमति प्रदेश र प्रदेश–१ का सांसदसँग छलफल गर्नुभएको थियो । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आज पनि सांसदहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार साढे १० बजे प्रदेश–२, ३ बजे गण्डकी प्रदेश, साढे ४ बजे प्रदेश ५ र ६ बजे कर्णाली प्रदेशका सांसदहरूलाई ब्रिफिङ गर्ने बताउनु भयो । प्रदेशगत रुपमा अध्यादेशबारे जानकारी दिने उद्देश्यले नेकपाका सांसदहरुलाई खबर गरी बोलाएर बालुवाटारमा ब्रिफिङ थालिएको हो ।

हालै जारी राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेशलाई लिएर नेकपाभित्र आएको तरंगलाई सम्बोधन गर्न ब्रिफिङ आयोजना गरिएको नेकपाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्