RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
१२६ पटक

बैशाख ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीलाई एक ढिक्क बनाएर अघि बढने सहमति जुटेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा पछिल्लो राजनीतिक अवस्थादेखि समसामयिक विषयमा छलफल भएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको बताइरहेको बेला दुई अध्यक्षबीच छलफल भएको हो । यसैबीच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाई स्थगित गर्नुभएको छ ।

छलफल गर्न बाँकी संसदहरूसँग अर्को दिन छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । दुई अध्यक्षबीच एक अर्कामा आशंका नगरी वान टुवान छलफलका आधारमा सहमतिका साथ पार्टीलाई अघि बढाउने सहमित समेत जुटेको छ ।

प्रतिकृया दिनुहोस्