RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
५८४ पटक

काठमाडौँ — सरकारबाहिर रहेका नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्‍काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।

बिहीबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित निवासमा भएको भेलाले उक्तनिश्कर्ष निकालेको हो।

स्रोतका अनुसार अध्यादेश जारी गरेर सरकारले ठीक नगरेको र पार्टीलाई ठूलो क्षति पुर्‍याएको र तुरुन्तै फिर्ता गर्नुपर्ने भेलाले निचोड निकालेको छ। भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेलसहितको भेलाले निकालेको यो निश्कर्षलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

उक्त भेलाले स्थायी कमिटी बैठक र सचिवालय बैठक बोलाउनुपर्ने निचोड पनि निकालेको स्रोतले बतायो। ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुभयो भने एकदुई दिनपछि पनि यी बैठक बोलाए हुन्छ,’ स्रोतले भन्‍यो, ‘नत्र तुरुन्तै स्थायी कमिटी र सचिवालय बैठक डाकिन्छ।’

यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यादेशबारे छुट्टाछुट्टै परामर्श गरेका थिए।www.ekantipur.com

प्रतिकृया दिनुहोस्