RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
७१९ पटक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ भने, संक्रमितको संख्या २७ लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ भने, विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् । अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिकृया दिनुहोस्