RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
१३१५ पटक

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटार भेटवार्ता भएको छ ।

बालुवाटारमा अहिले ४ बजेदेखि तीनैजना नेताहरूबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाका अनुसार छलफलमा पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिने सहमति भएको छ ।

उहाहरूबीचको छलफल चल्दै गर्दा नेकपाका अर्का अध्यक्ष दाहाल पनि बालुवाटार पुग्नु भएको हो । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता भएपछि तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रतिकृया दिनुहोस्