RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
८७३ पटक

काठमाडौं – सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्।

पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट रहेकाले आन्तरिक समीकरणका लागि जोडघटाउ सुरु भएको हो। पूर्वएमाले र पूर्वमाओवादीबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्नेलाई आफ्नो पक्षमा पार्न शीर्ष नेताहरु लागिपरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका आ–आफ्नै गुट छन्।

त्यसभित्र पनि वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठका फरकफरक गुट छन्। स्थायी कमिटीभित्र दाहाल र नेपाल समूहमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, मुकुन्द न्यौपाने गरी ३४ जना देखिएका छन्। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्