रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१५ गते
१८५० पटक
काठमाडौं। जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव तथा खानेपानी मन्त्रालयका सल्लाहकार समितिका सदस्य भीम उपाध्यायलाई धरौटीमा रिहा गरेको छ ।
विद्युतीय कारोबार सम्बन्धी मुद्दाको थुनछेक आदेशमा काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न भनेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठ जानकारी दिए।
श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।