RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१७ गते
८२४ पटक

लहान –  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई जना र पर्साका दुई जना गरी चार जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।

स्राेतका अनुसार उनीहरु यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित समातीसँगै दिल्लीको मर्कज(धार्मिक भोला)बाट फर्किएका थिए।
सचिव घिमिरेका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि प्रदेशबाट प्राविधिकसहितको टोली परिचालन भैसकेको छ। अहिले उनीहरुको बारेमा धेरै जानकारी बाहिर आएको छैन। संक्रमण पुष्टि भएकाहरुलाई उपचारका लागि नारायणी अस्पाल विरगंज पठाउन तयारी भैरहेको छ।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार मात्र रौतहटका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस्