RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
७७३ पटक

काठमाडौं – ‘हाल थपिएको लकडाउन कोरोनाका कारणले नभई पोलिटिकल लकडाउन हो। महिना दिनको बन्दपछिन समीक्षा न सार्थक योजना। बस्, थप्यो, बस्यो,’ आफ्नो ट्विटरह्यान्डलमा मंगलबार सुमन लेख्छन्। यस्तै रागी नाम गरेका अर्का एकजना ट्विटरमै लेख्छन्, ‘हामी यस्तै त हो नि ब्रो, लकडाउन भनेपछि पूर्ण लकडाउन छैन, टेस्ट भनेपछि पूर्ण टेस्ट छैन देशमा गणतन्त्र भनेपछि पूर्ण गणतन्त्र छैन, मिसिन लागिसक्यो अधिनायकवाद।’

सामाजिक सञ्जालमा अभिव्यक्त यी प्रतिनिधिमूलक टिप्पणी हुन्। देश ३७  दिनदेखि लकडाउनमा छ। यातायात, व्यापार, कलकारखाना, कृषि क्षेत्र, विद्यालय तथा सरकारी तथा निजी कार्यालय ठप्प छन्। सरकारको पछिल्लो निर्णयअनुसार लकडाउन वैशाख २५सम्म जारी छ। यसरी पटकपटक गरेर देशव्यापी लकडाउनलाई सरकारले डेढ महिना तन्काएकोेछ। तर लकडाउनबाट निस्किने रणनीति के हुने ? लकडाउनको अवसरलाई कसरी अत्यधिक उपयोग गर्ने ?अन्योल देखिएकोछ र स्पष्ट रणनीतिको अभावमा कोरोना भाइरसविरुद्धको लडाइँ कमजोर भएको र अझ लम्बिन सक्ने चिन्ता बढेकोछ।

जनस्वास्थ्यविद् तथा सामाजिक सञ्जालमा आबद्ध नागरिकनेपालको स्वास्थ्य सेवा प्रणालीले महामारीको अवस्था थेग्न नसक्ने भएकाले सजिलोका लागि सरकारले लकडाउन थपिरहेको बताउँछन्। उनीहरु लकडाउन अवधिमा पनि संक्रमित र उनीहरुको सम्पर्कमा भएकाको युद्धस्तरमा खोजीनीति नभएको र साथसाथै भाइरसको विश्वसनीय परीक्षण हुनुपर्नेमा सो पनि हुन नसकेकोतर्क गर्छन्।नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्