रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
५६७ पटक
दार्चुला । एक महिनाभन्दा बढी भारतको क्वारेन्टाइनमा बिताएका उनीहरूको उद्धार हुन सकेको थिएन।
उनीहरूलाई ल्याउने विषयमा बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धारको लागि तयारी भएको हो। उनीहरुलाई आज बिहान ७ बजेदेखि उद्धार शुरु हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन्। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन्।
दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन्। उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।