RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
५५५ पटक

बैतडी, वैशाख १८ गते । ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ ।

विहीबार सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय बैतडीले नाका खोलेर नेपाल ल्याउन सुरु गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

विहीबार मध्यान्ह १२ः३० बजेसम्म सीमा नाकाबाट तीनसय जना भित्रिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

भारतबाट नेपाल भित्रिएका नेपालीको स्वास्थ्य जाँच गर्न जिल्ला स्स्वास्थ्य कार्यालयले उपकरणसहित १० जना भन्दा बढी स्वास्थ्यकर्मी सीमाना कामाका खटाएको छ ।

भारतबाट नेपाल ल्याउन लागेका सबै जना एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसे पनि नेपाल सरकारको नीति अनुसार सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीको प्रमखु योगेशप्रसाद भट्टे बताउनुभयो ।

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले लामो समयपछि नेपाल फर्किन पाएकोमा खुशी व्यक्त गरेका छन् । ढिलै भए पनि सरकारले सीमा नाका खोलेर नेपाल ल्याएकोमा असाध्यै खुशी लागेको मजदुरी गर्न भारतको पिथौरागढ जानु भएका पुरचौडी नगरपालिका ८ का देवदत्त जोशीले बताउनुभयो ।

भारतीय सीमा नाकाबाट नेपाल भित्रिएकालाई सम्बन्धित पालिकामा पुर्याउन १० वटा बस र थप जिपको व्यवस्था गरिएको छ ।

भातरबाट नेपाल ल्ययाईएका सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।गोरखापत्र अनलाइन……..

प्रतिकृया दिनुहोस्