काठमाडौँ, वैशाख १९ गते । झन्डै डेढ महिना लामो बन्दाबन्दी (लकडाउन) ले सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गर्नेेदेखि विदेश वा स्वदेशमा श्रम गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । यो वर्ग स्वदेश होस् वा विदेशमा होस् एकातिर कोरोनाको जोखिम र अर्कोतिर आफूसहित परिवारको लालनपालनको दोहोरो समस्यामा छ ।
यस्तै मध्येका हुनुहुन्छ खोटाङमा स्थायी घर भई हाल कीर्तिपुरमा परिवारसहित डेरा गरेर राजधानीका विभिन्न ठाउँमा निर्माण मजदुरका रूपमा काम गर्ने विकास राई । उहाँले काम नगरेको ३८औँ दिन भइसक्यो । दुई छोराछोरी श्रीमतीसहित कीर्तिपुरको वडा नं. ३ मा डेरा गरी बस्ने राईले घरधनीको सिफारिसमा राहतको रासन पाइन्छ भनेर नाम पनि लेखाएँ, त्यहाँ पनि पहुँच चाहिँदोरहेछ, स्थानीयवासी परिन, खोटाङको परियो कसले गन्छ ? भन्नुभयो ।
राई जस्तै धादिङ स्थायी घर भई कीर्तिपुरको फर्निचर पसलमा भरियाको काम गर्दै आउनुभएका कुमार थापाको पनि समस्या उस्तै छ । थापा स्थानीय तहबाट रासन पाइन्छ भनेर घरधनीको सिफारिस बनाएर गइयो तर नागरिकता चाहिँदोरहेछ, नागरिकता नभएपछि पाइँदैन भनेर रासन नै दिएनन्, गरिबका दुःख, समस्या कसले सुन्छ र ! भन्नुहुन्छ ।
काठमाडौँको कीर्तिपुरमा सानो खाजा पसल चलाएर बस्नुभएकी मकवानपुरकी कमला खड्कालाई अहिलेको अभाव र समस्या कहिल्यै सामना गर्नुपरेको थिएन । १५÷१६ वर्षदेखि खाजा पसल चलाएर तीन छोराछोरीसहित आफ्नो सबै खर्च धान्दै आउनुभएकी उहाँलाई बन्दाबन्दीले भाडा तिर्न र परिवारको खर्च धान्नै गाह्रो भएको छ । उहाँहरूका पीडा र समस्या त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
सार्वजनिक यातायातमा काम गर्ने मजदुर, स्वरोजगार श्रमिकदेखि उद्योग वा सानादेखि ठूला पाँच तारे होटल सम्ममा काम गर्ने कर्मचारी वा मजदुर लगायत सबै कामविहीन भएका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका लाखौँ युवाको अवस्था अझै दर्दनाक र डरलाग्दो छ ।
विदेशमा पनि बन्दाबन्दी भएकाले रोजगारीका लागि गएका हजारौँको सङ्ख्याका श्रमिक कामबाट निकालिएर बेखर्ची भई उद्धारको पर्खाइमा छन् । वैदेशिक रोजगार विभागका अनुसार २५ लाखभन्दा बढी युवा रोजगारीका लागि मलेसियासहित खाडीमा रहेका छन् ।गोरखापत्र अनलाइनबाट साभार
आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहाेर उठ्ने
काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहाेर विसर्जनमा गरिएको अवरोध हटेको...
चैत्र २०, २०७७बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन ।...
चैत्र २०, २०७७करिडोर सडकमा सवारी व्यवस्थापन गर्न छुट्टै ट्राफिक टोली
काठमाडौं । उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि छुट्टै ट्राफिक टोली परिचालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...
चैत्र २०, २०७७औद्योगिक ग्राम प्रस्ताव नै गर्दैनन् स्थानीय तह
काठमाडौँ, चैत २० गते । स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ...
चैत्र २०, २०७७भारत पुर्याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका
महोत्तरी, जनकपुर — घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले...
चैत्र १९, २०७७कोरोना ग्राफ उकालो लाग्दै
काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका...
चैत्र १९, २०७७दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन
काठमाडौँ, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग आयोजनाको सुरुङ तथा पुल निर्माणको दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरी...
चैत्र २०, २०७७