RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
६०४ पटक

काठमाडौं ।  आज बस्ने बैठकका लागि नेकपाका शीर्ष नेताहरुले आआफ्नै तयारी थालेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग नियमित छलफल गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफुनिकट स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले शु्क्रवार वरिष्ठ नेता माधव नेपालसँग डेढ घण्टा बालुवाटारमा छलफल गरेका थिए । छलफलका क्रममा नेता नेपालले आफु तेस्रो अध्यक्ष नबन्ने बताएका थिए भने ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए ।

दाहालसँग २ घण्टा छलफल गरेका ओलीले आफु निकट नेताहरुसँग पनि छलफल गरिरहेका छन् । ओलीलाई भेटर बालुवाटारबाट फर्केका दाहाल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।

दाहाल पुग्दा नेपाल निवासमा स्थायी कमिटीका सदस्यहरुसँग छलफल चलिरहेको थियो । स्थायी कमिटीका सदस्यहरुले शनिवारको बैठकबाट स्थायी कमिटीको मिति तोक्न दाहाल र नेपाललाई आग्रह गरेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले बताए ।

उता दाहाल निवास खुमलटारमा पनि उनीनिकट नेताहरुबीच छलफल भएको थियो । दाहाल र नेपाल समुहका नेताहरुले तत्काल स्थायी कमिटीको मिति तोक्न दुई नेतालाई दवाव दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्