RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
७४० पटक

कतार एयरवेजको वाइडबडी जहाज ५४ देशका तीन सय ९ जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट फ्रान्सको पेरिसतर्फ उडेको छ।

नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज शनिबार दिउँसो काठमाडौंबाट कतारको दोहा हुँदै पेरिसका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्।

यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ। पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।

यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।

rss

प्रतिकृया दिनुहोस्