RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२१ गते
१६९० पटक

बुटवल, वैशाख २१ गते  ।  सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार कडाइसाथ अघि बढेको बताउनुभयो । उहाँको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ ।
गाई–बाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई(बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।
गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा एकान्तवास (क्वारेन्टाइन)मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अपवादका रूपमा केही व्यक्ति नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक निरंकार शुक्लाले बताउनुभयो ।
दूरी कायम राखेर शोकसभा
रूपन्देही समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीअन्तर्गतका विभिन्न शाखा कमिटीले चार छुट्टाछुट्टै स्थानमा सामाजिक दूरी कायम राखेर शनिबार शोकसभा सम्पन्न गरेका छन् । आफ्ना तीनजना कार्यकर्ता मातृशोकमा परेपछि त्यसरी शोकसभा गरिएको नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो । बन्दाबन्दीकै बेला पार्टी केन्द्रीय विभागका सदस्य शशी पौडेलकी आमा लक्ष्मी पौडेल, पार्टी कार्यकर्ताहरू डा. शिव पौडेल र भोजराज कडेरियाकी आमाहरू तथा तिलोत्तमा–१ की जनप्रतिनिधि हीरादेवी विकका ससुराको
निधन भएको थियो । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्