RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२१ गते
१३९९ पटक

काठमाडौं : गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ।  त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ छ। अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्।

विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। वल्डोमिटरले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांकअनुसार विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्।

स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्।  त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ।

बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने  लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ । कोरोनाका कारण विश्वभरमा ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्