RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२१ गते
६५१ पटक

२१ बैशाख । देशका धेरै ठाउँमा आज मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसमविद्ले बताएका छन् ।

मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले आज काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

आजको भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्