RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२१ गते
६७४ पटक

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित आजै (आईतबार) नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका हुन्। ‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ छ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो नेपालगञ्ज–०८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु हुनुहुन्छ भने ४०, ५५, ६० वर्षका महिलाहरु हुनुहुन्छ।’

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ।

यसअघि आइतबार नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस्