RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२२ गते
११५७ पटक

सरकारले कोरोनाभाइरसका कारण प्रभावित क्षेत्रको पहिचान गरी राहत पनि सोहीअनुसार प्रदान गर्ने संकेत गरेको छ । सरकारले ल्याएको दोस्रो चरणको राहत कार्यक्रममा साना तथा मझौला उद्यमीलाइ विशेष ध्यान दिएको हो ।

सरकारले प्राथमिकतामा राखेको साना तथा मझौला उद्योगहरूको सञ्चालनका लागि आवश्यक पर्ने चालू पुँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरी आवश्यक व्यवस्था गर्न समेत नेपाल राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।

त्यसका साथै अर्थमन्त्रालयले ल्याएको दोस्रो राहत प्याकेजअनुसार सरकाले कोरोनाभाइरसका कारण प्रभावित भएका ऋणीलाई ब्याज तिर्दा ब्याजदरमा छुट दिन आवश्यक व्यवस्था गर्न केन्द्रीय बैंकलाई निर्देशन दिने जनाएको हो ।

दोस्रो राहत प्याकेजअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएका कर्जाको यस त्रैमासमा बुझाउनु पर्ने ब्याजको ब्याजदरमा छुट दिइ ऋणीलाई राहत दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाइ निर्देशन दिएको छ ।

यसअघि सरकारले चैत मसान्तसको ब्याज भुक्तानी गर्दा ब्याजमा १० प्रतिशत छुट दिने भनेको थियो । सो अनुसार बैंक वित्तीय संस्थाले चैत मसान्तमा ब्याज तथा सावाँको किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिएका पनि थिए । यो व्यवस्थाअनुसार असारसम्ममा कर्जाको सावा तथा व्याज बुझाउने ऋणीले ब्याजमा छुट पाउने देखिएको छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्