RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२२ गते
५८६ पटक

काठमाडौँ, वैशाख २२ गते । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।

महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ जिल्लामा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले केही दिन यता सवारी चाप बढेको छ, यसको व्यवस्थापन हँुदैछ भन्नुभयो ।

प्रजिअ दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयुक्त सुरक्षा टोलीले काठमाडौँं जिल्लाका विभिन्न क्षेत्रमा स्थलगत अवलोकन ग¥यो । बन्दाबन्दीमा कडाइ गर्दा पनि सडकमा सवारी चाप बाक्लो देखिन थालेपछि नागरिकको दैनिक जीवन सहज, सुरक्षा व्यवस्था र भावी रणनीति तयार गर्न संयुक्त अवलोकन गरिएको ढकालले बताउनुभयो । गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्