RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/११ गते
१०१८ पटक

काठमाडौं । सरकारले काठ आयात कम गर्न वार्षिक रूपमा बजेट विनियोजन गर्दै आए पनि कार्यान्वयन पक्ष भने कमजोर रहेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारले आठ वर्षदेखि कार्यक्रम सुचारु गर्दै आएको छ ।

नेपालमा २०६८ सालदेखि वैज्ञानिक वन व्यवस्थापनको सुरुवात भए पनि यसको प्रभावकारी कार्यान्वयन भने ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ आएपछि मात्र अघि बढेको हो । तराई र भित्री मधेसमा वन जंगलको वैज्ञानिक एवं दिगो व्यवस्थापन गरी स्थानीय र राष्ट्रिय

अर्थतन्त्रमा टेवा पु¥याउन, वातावरण सन्तुलन कायम राख्न तथा वन पैदावारको माग आपूर्ति गर्न आर्थिक वर्ष २०६६÷६७ देखि साझेदारी वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा रहेको वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल बताउँछन् । यसरी कार्यान्वयनमा आएको यो कार्यक्रम सोचेजस्तो सफल हुन नसकेको यसका अभियन्ता केशव कँडेल बताउँछन् ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्