RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२३ गते
९२७ पटक

जुम्ला-गुठिचौर गाउँपालिका–२ गोठीगाउँ निवासी एक महिलालाई आईतबार विहान एकाएक सुत्केरी बेथाले च्याप्यो । सुत्केरी बेथाले छटपटाई रहेकी उनलाई स्वास्थ्य चौकी सम्म लिन स्टेचरको खोजीमा गाउँ भौतारिदा पनि कतै स्टेचर भेटिएन् । अन्ततः सुत्केरीको अबस्था जटिल बन्दै गएपछि आफन्तले कुर्चीमै बोकेर जोखिम मौल्दै मणिसाँघु स्वास्थ्य चौकी पुराए ।

स्थानीय सरकार आईसकेपछि एम्बुलेन्स संचालन हुनुपर्ने ठाउँमा स्टेचर समेत नपाउनु दुभाग्र्य हो । स्थानीय सस्त्री बोहोराले भने,‘रहेक गाउँमा स्टेचर राख्नुपर्ने हो, एम्बुलेन्स सेवा त परै जावस स्टेचर समेत नपाउने दुर्गमका नागरिकको पिडाले अझै मुक्ति पाएका छैनन् ।’ स्थानीय सरकार योजना महोत्वकांक्षी बनाए पनि कार्यान्वयन गर्न नसक्दा दुर्गमका पिडा उस्तै रहेको बोहोराले गुनासो गरे ।

जुम्लाको पुर्वीभागमा पर्ने गुठिचौर गाउँपालिका भौगोलिक विकटताले आफै दुर्गममा छ । त्यस्तो क्षेत्रको लागि अत्याआबश्यक साधन सकेसम्म एम्बुलेन्स नभए गाउँगाउँमा स्टेचर तयारी राख्नुपर्ने हो । तर स्थानीय सरकारले त्यसतर्फ ध्यानै नपुराएका कारण अहिले पनि सुत्केरीलाई स्टेचर नपाउँदा कुर्चीमा बोक्ने बाध्यता रहेको छ ।

सुत्केरीलाई घण्टौ कुर्चीमै बोकेर स्वास्थ्यचौकी पुराएका आफन्तहरुले स्टेचर नपाउँदाको पिडा स्थानीयतहप्रति सामाजिक संजालमा आक्रोस व्यक्त गरेका छन् । स्थानीय सरकार आएपछि सुख पाईला भन्ने सोचेका दुर्गमका नागरिकले सुत्केरी बोक्न स्टेचर समेत पाएका छैनन् । यो भन्दा ठुलो विडम्बना के होला ?

गुठिचौर गाउँपालिकाले लाखौ मुल्य हालेर डोजर टयाक्टर खरिद गरेको छ । तर नागरिकको सेवाका लागि भने एम्बुलेन्स त परै जावस प्रयाप्त स्टेचरको समेत व्यवस्था गर्न गर्न नसकेको प्रति गोठीगाउँका स्थानीयले असन्ुतष्ट व्यक्त गरेका छन् ।
गोठीगाउँमा स्टेर पठाउने तयारी

गुठिचौर गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त जानकारी अनुसार मणिसाघु स्वास्थ्य चौकीका लागि गएको ६ महिना पहिले ३ वटा स्टेचर पठाइएको छ । स्वास्थ्य संयोजक बालाराम नेपालीले भने, ‘छ महिना पहिले रमेश बुढा मणिसाघु स्वास्थ्य चौकीको ईन्चार्ज हुँदा ३ स्टेचर पठाइएको थियो । तर सुत्केरी महिला बोक्न किन स्टेचर पाउनुपर्ने हो । किन पाईएन ? मणिसाँघु स्वास्थ्य चौकी बर्थिङ सेन्टर भएकाले पनि स्टेचर हुनुपर्ने हो ।’

पहिला पठाएका ३ स्टेचर कहा गए, के भएको हो ? गाउँमा स्टेचर किन पाइएन सबै बुझेर जवाफ दिने प्रतिबद्धता गरे । रमेश बुढा सरुवा भएर बम बहादुर रोकाया आएका छन् । त्यस्तै गुठिचौर २ गोठी गाउँमा गएको पुस महिना स्थापना भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका लागि ३ स्टेचर खरिद भईसकेका छन् । स्वास्थ्य शाखा प्रमुख नेपालीका अनुसार माग गर्न आएमा १÷२ दिनमै स्टेचर पठाईने तयारी छ । तर पहिला पठाएका स्टेचर कहाँ छन् भन्ने बारे खोजी गरिने जनाइएको छ ।

गोठी गाउँमा के कति कारण स्टेचर उपलब्ध हुन नसकेको ? सुत्केरीको अबस्था कस्तो छ ? पहिलाको ३ स्टेचर कता गए ? स्टेचर अभाव होकी के हो भन्ने बारे बुझन् स्वास्थ्य ईन्चार्ज बम बहादुर रोकाया, २ नम्बर वडाध्यक्षलाई धेरै पटक फोन गर्दा नेटवर्कको समस्याका कारण सम्पर्क हुन् सकेन् । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्