RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२३ गते
५४५ पटक

नेकपामा फेरि ‘एक व्यक्ति-एक जिम्मेवारी’को बहस : शीर्षसहित स्थायी समितिका १९ नेता दोहोरो जिम्मेवारीमा
पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहले भने प्राप्त जिम्मेवारी तलमाथि गर्न खोजे समस्या आउने बताएको छ । योसँगै ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’ मुद्दा स्थायी समितिमा मुख्य बहस हुने सम्भावना देखाएको छ ।

पार्टी एकतापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यो विषय निरन्तर उठाउँदै आएको छ । प्रचण्ड–नेपाल समूहका नेताहरूले अबको स्थायी समिति बैठकबाट सरकार र पार्टीका समग्र कामको समीक्षासहित पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन त्यही नीतिलाई लागू गर्नुपर्नेमा जोड दिने तयारी गरेका हुन् । स्थायी समिति बैठक २५ वैशाखमा बोलाइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्