RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२३ गते
५५५ पटक

काठमाडौँ । कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रूपमा बन्द(सिल) गर्ने निर्णय गरेको छ ।

प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदल मार्ग पूर्ण रूपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको हो ।

कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगन्ज क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको हो ।

प्रतिकृया दिनुहोस्