RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२४ गते
६४१ पटक

काठमाडौं :   बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको छ। सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २५० को कोरोना संक्रमणका कारण ज्यान गएको छ।

बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्। इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्।

त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ। त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन्। त्यस्तै टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका

छन्। भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ।  हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २४ हजार १५१ जना संक्रमित भइसकेका छन्। १२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन्।  विश्वभर कोरोनाका ३७ लाख भन्दा धेरै संक्रमित, ४९ हजारको अवस्था गम्भीर

प्रतिकृया दिनुहोस्