RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२४ गते
६४५ पटक

काठमाडौं  :  बालुवाटारमा गत शनिबार बसेको सचिवालयले वैशाख २५ गते स्थायी कमिटी बैठक डाकेको थियो।

तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितले एक व्यक्ति एक पदको कुरा उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएपछि स्थायी कमिटी अनिश्‍चित भएको हो।

‘बैठक बस्‍ने नबस्‍नेबारेमा अहिले दुईजना अध्यक्ष बालुवाटारमै बैठकबारे ठोस निर्णय आउनेछ। दुई अध्यक्षबीच बैठकको टुंगो र त्यसका एजेण्डा तय गर्न अहिले छलफल भइरहेको छ।

बुधबार अपरान्ह बसिरहेको सचिवालय बैठकमा केही नेताले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले बैठक छाडेर हिँडेका थिए।

केही दिनअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा बसेको सचिवालयका केही सदस्यको गुटभेलाले ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्नै पर्ने निचोड निकालेको थियो।

उक्त गुट बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यो

प्रतिकृया दिनुहोस्