RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२४ गते
५४६ पटक

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

प्रतिकृया दिनुहोस्