RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२५ गते
५७२ पटक

काठमाडौं । २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले बुद्धप्रति नेपालीले गर्व गर्र्नुपर्ने बताएका हुन् ।

‘बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं’, प्रचण्डद्वारा जारी शुभकामना व्यक्तव्यमा भनिएको छ ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिएका बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

कारोनाविरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने विश्वास लिएको उनले बताएका छन् ।

प्रचण्डले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा समेत शुभकामना दिएका छन्

प्रतिकृया दिनुहोस्