RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
१४३२ पटक

मंसिरयता तीनजना पक्राउ, दुई जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको गुनासो आइरहेका वेला पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि धमाधम पक्राउ पर्न थालेका छन् । साढे दुई महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना जनप्रतिनिधिलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । गत मंसिरयता अख्तियारले दुईजना जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ भने अर्का एकलाई पक्राउ गरेर थप अनुसन्धान गर्दै छ ।

निःशुल्क सिफारिसमा दुई लाख घुस लिइयो
यसअघि गत २७ पुसमा आयोगले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले नियमानुसार उपलब्ध गराउनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सिफारिस उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा ३ पुसमा अख्तियारले उनलाई वडाक्षेत्रबाट पक्राउ गरेको थियो । उनीविरुद्ध दुई लाख नै बिगो कायम गरी आयोगले अदालतमा मुद्दा दायर गरेको छ । नयाँ पत्रिका दैनिकबाट …

प्रतिकृया दिनुहोस्