RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२७ गते
१०९३ पटक

काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार शनिबार थप सात जनामा संक्रमण देखिएको हो। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमण देखिएका तीन जना उदयपुरको  भुल्के, ३ जना कपिलबस्तु र एक  जना पर्साका रहेका छन्। उनीहरु १७ देखि ६२  वर्ष उमेर समूहका रहेका मन्त्रालयले जनाएको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। यो  सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

प्रतिकृया दिनुहोस्