RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२७ गते
८२ पटक

काठमाडौं। भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपालले आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा धार्चुला-लिपपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति नेपाल सरकारले कडारुपमा आपत्ति जनाएको हो ।

“विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्नबर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत पनि नेपाल सरकारले यो कुरालाई दोहोर्याएको थियो,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै परराष्ट्रले सीमा विवादको समाधान वार्ताबाट खोजिनुपर्ने पनि बताएको छ ।

प्रतिकृया दिनुहोस्