RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२७ गते
७०३ पटक

वैशाख २७ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् ।
रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई अहिले गाउँपालिका–२ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । वडाध्यक्ष नैनसिंह रोकायले भने, ‘भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वारेन्टाइनमा राखेका छौँ,

पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौँ ।’ बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थान गरी क्वारेन्टाइनमा राखेको छ ।

५२१ श्ययाको क्वारेन्टाइनमा २३० जना बसेका छन् भने ८८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । शुक्रबारसम्म ३७३ को पिसीआर र २५४ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्