RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२८ गते
८३६ पटक

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा लकडाउनका विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपका क्रममा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

शनिबार साँझ भएको यो घटनामा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएका छन् । सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउन उल्लङ्घन गरी ५०÷६० जना जम्मा भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि प्रहरीले भीड नियन्त्रणमा लिन हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको नगरपालिकाका उपप्रमुख तारा शाहीले बताइन् ।
प्रदेश सरकारको २० लाख र नगरपालिकाको पाँच लाख साझेदारीसहित २५ लाख रकममा उपभोक्ता समितिमार्फत सो सडक निर्माणकार्य भइरहेको थियो । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्