RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
१६०१ पटक

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आआफ्नै तरिकाले अगाडि बढन खोजेका छन् ।

दुईबुँदे सहमतिअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ तर्फको ४ सिटमा नेकपा र राजपा नेपाल गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । उक्त सहमतिको पहिलो बुँदा दुबै दलले इमानदारीका साथ कार्यान्वयन गरेका छन् । दोस्रो बुँदामा उल्लेख भएअनुसार अगामी दिनमा राष्ट्रिय राजनीतिका विषयमा छलफल र सहकार्य गर्ने विषय उल्लेख गरिएको छ ।

अहिले नेकपा र राजपा नेपालबीच संघीय सरकार, प्रदेश २ सरकार र उपसभामुख विषयमा केन्द्रित भई छलफल भइरहेको छ । यी तीन विषयमा केन्द्रित भई छलफल भए पनि दुवै दल आआफ्नै दाउअनुसार अगाडि बढेन खोजेका छन् ।

नेकपाले राजपा संघीय सरकारमा सहभागी हुनुपर्ने र प्रदेश २ सरकारमा नेकपा र राजपा गठबन्धनको सरकार बनाउने दाउमा रहेको स्रोतले जनाएको छ । त्यसका लागि नेकपाले उपसभामुखको पदमा राजपा उम्मेदवारलाई सहयोग गर्ने बताइएको छ । यता राजपाले उपसभामुख आफूले पाउनुपर्ने र जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त अगाडि सारेको छ । नेकपाले राजपालाई उपसभामुख दिन तयार भए पनि अहिलेसम्म चौधरीको रिहाइका विषयमा सकारात्मक नभएको राजपा नेताको बुझाइ छ । राजपा स्रोतका अनुसार उपसभामुखसँगै सांसद चौधरीको रिहाइ गर्नमा नेकपाले सहयोग गरे उसका अन्य सर्त मान्न सकिन्छ । आफ्ना कुरा मात्र लागू गर्ने तर राजपाको मुद्दा सम्बोधन नभए सहकार्य अगाडि बढ्न नसकिने राजपाले जनाएको छ । यही विषयमा केन्द्रित भई केही समयदेखि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, राजपा नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका बीचमा छलफल हुँदै आएको छ ।राजधानी दैनिकबाट …

प्रतिकृया दिनुहोस्