RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२८ गते
५७८ पटक

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।

हाल पश्चिमी भूभागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केही स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा सामान्य  बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली  रहने छ । पश्चिमी भूभागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जन,  चट्याङ्ग, असिना र हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानहरु लगायत मध्य र  पूर्वका  १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि मौसम सहज छैन । बिहान सामान्य बदली रहेको थियो । बादल लागेको थियो । तर तापक्रम भने शनिबारदेखि बढेको छ ।

महाखाशाले आगामी २४ घण्टाका लागि पश्चिमका भूभागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्