RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२९ गते
६३१ पटक

काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले भ्युटावर बनाउने बजेट कर्णालीमा विद्युत् पुर्याउने काममा लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हँुदै सांसद महतले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका हुन् ।

‘बजेट घाटा छ भन्ने थाहा छ हामीलाई । अबका बजेटहरु भ्यु टावरमा जान भएन । त्यो मूर्ति बनाउने ठाउँमा जानु भएन । पार्कमा जानु भएन । जहाँ प्राथमिकता छ त्यहाँ जानुप¥यो’ उनले भने, ‘हाम्रा लागि राष्ट्रिय गौरबको आयोजना, महाराष्ट्रिय गौरबको योजना भनेको पनि त्यही बत्ती हो । त्यही एउटा बैकल्पिक बाटो हो ।

ऊर्जाको पहुँचबाट कोही टाढा रहने छैन । विद्युतको पहुँच हुनेछ भनियो । अहिले पनि जुम्ला विद्युतको पहुँचबाट टाढा छ । त्यो त अकाशको फलजस्तो भइसक्यो । अब बाटोको पहुँच प्राथमिकतामा राखियो । हुम्लाका लागि बाटो कहिले पुग्ने हो थाहा छैन । सामान्य बाटो र बत्ति पुग्नलाई गाह्रो अरु के प्राथमिकतामा राख्ने ?’

उनले बजेटको असमान वितरणप्रति पनि आपत्ती जनाए । जुम्लामा सडक र विजुली पुर्याउने विषयले हरेक वर्ष प्राथमिकता पाए पनि अहिलेसम्म बाटो र बिजुली पुर्याउन नसकेको भन्दै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न माग गरे ।

‘पाँच वर्ष आउन लागिसक्यो । मैले पाँच वर्षमा दुईवटा मात्रै कुरा राखेको छु । बत्ती र सडक पु¥याउँछु भनेर,’ सांसद महतले भने, ‘नीति तथा कार्यक्रममा पनि आयो सिद्धान्त र प्राथमिकतामा पनि पर्यो तर अहिलेसम्म बत्तीको ठेगान छैन ।’

प्रतिकृया दिनुहोस्