RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२९ गते
८७१ पटक

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोमबार मात्रै कोरोना संक्रमितको सख्या २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सात बजेर २० मिनेटमा अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्