RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
८३१ पटक

काठमाडौं ।  मंगलबार मात्र ५७ जना संक्रमित बनेका छन् भने संक्रमितको संख्या १९१ पुगेको छ । नेपालमा कोरोनाले तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् ।

उपचारका खट्टिएका स्वास्थ्यकर्मी र सामाचार संकलनमा खट्टिएका पत्रकारमा पनि कोरोना देखिएको छ ।

कपिलबस्तु, वारा र पर्सामा कोरोना समुदायमा फैलिएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि तेस्रो चरणमा प्रदेश गरेको चिकित्सकहरुले बताउन थालेका छन् । कपिलवस्तुमा आज भेटिएका आठ संक्रमित मध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेकि छिन् ।

तर उनीमा कोरोना कसरी फैलियो ? त्यो भने पुष्टी भएको छैन । स्टाफ नर्सबाट धेरै मानिसमा कोरोना फैलिएको आशंका गरिएको छ । उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी गरिएको छ ।

उता पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

प्रतिकृया दिनुहोस्