RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१ गते
४९७ पटक

नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनसंख्या प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार पाँच जना नयाँ संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महाेत्तरीमा नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका व्यक्तिको संख्या ६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्