RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
१११६ पटक

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । काठमाडौंको आइतबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो १४ देखी १६ डिग्री सेल्सियससम्म रहने महाशाखाले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्