RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१ गते
६३६ पटक

काठमाडौँ, जेठ १ गते । कोभिड–१९ का तीन नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुरधामका १७ वर्षीया महिला र धादिङ निबासी ३० वर्षीया महिला रहेको जानकारी दिनुभएको छ ।

तीनैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको हो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
तीनजना नयाँ सङ्क्रमित थपिएसँगै कोभिड–१९ का बिरामीको सङ्ख्या २४९ पुगेको छ ।

गोरखापत्र अनलाइन…

प्रतिकृया दिनुहोस्